Back to top

लघु जलविद्युत ऋण कोष

ईनडेभ नेपालले बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँगकाे सहकार्यमा ग्रामीण जनताकाे स्वच्छ उर्जामा पहुँचका लागि लघु जलविद्युत ऋण काेषकाे विकास गरी कार्य गरिरहेकाे छ। यस कार्यबाट ग्रामीण क्षेत्रमा उर्जाकाे पहुँच पुर्याउनुका साथसाथै नीजि क्षेत्रहरुलाई अार्थिक याेजनाअन्तर्गत ल्याउने लक्ष्य रहेकाे छ ।

यस काेषलाई बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रकाे सुरपिवेक्षण एवं ईनडेभ काे प्राविधिक सहायता अन्तरगत व्यवस्थित गरिएकाे छ भने यसकाे सन्चालनका लागि प्रतिस्पर्धामार्फत दुईवटा बैँकहरुमा राखिएकाे छ - NMB बैँक र हिमालयन बैँक । ऋणकाे प्रकृया बैँककाे अान्तरिक ऋणकाे प्रकृयासँग मेल खाने गरी व्यवस्था गरिएकाे छ।

परियाेजनाहरुकाे विकास सुक्ष्म प्राविधिक सहायता एवं बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँगकाे सहकार्यमा गरिएकाे हुन्छ । तसर्थ परियाेजनाकाे विस्तृत उपयुक्तता अध्ययन सम्पन्न भई स्वीकृत भईसकेपश्चात तथा अनुमानित लागत निर्धारण भएपश्चात सरकारी सहुलियत कार्यक्रम अन्तर्गत समेत व्यक्तिगत याेगदान गरी खर्च व्यहाेर्न नसकेका समुदायहरुले ऋण प्राप्त गर्नका लागि अावेदन दिन सक्दछन्। समुदायहरुले हाम्राे बैकिँग साझेदारहरुसमक्ष न्यून व्याजदरमा ऋणका लागि अावेदन दिई अाफ्नाे अार्थिक अावश्यकता पूर्ति गर्न सक्दछन् । केही अवस्थाहरुमा MFI हरु समेत बैँकका साझेदारका रुपमा सम्मिलित भई समुदायसमक्ष पुग्न सक्दछन्।

काेषकाे वित्तिय सहायताका अतिरिक्त परियाेजनाले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, वित्तिय संस्था, परियाेजनाका उपजकर्ता एवं सहभागी लघुवित्तिय संस्थाहरुकाे क्षमताहरुबीच सामान्जस्यता कायम गर्दछ भने उनीहरुकाे क्षमता समेत अभिवृद्धि गर्दछ ।

समुदायहरुले एकपटक ऋण भुक्तानी गरिसकेपश्चात काेषकाे प्रयाेग थप अन्य MHP क्षेत्रहरुमा सहायताका लागि प्रयाेग गरिन्छ ।

साझेदार बैँकहरु तथा लघुवित्तिय संस्थाहरुकाे क्षमता अभिवृद्धि

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले ईनडेभकाे सहकार्यमा साझेदार वित्तिय बैँकहरुलाई ऋणकाे मुल्यांकन प्रकृयाकाे विकास गर्नका लागि सहायता गर्दछ। यसबाहेक लघुवित्तिय संस्थाहरुलाई कार्यक्षेत्रमा ऋणकाे व्यवस्थापनका लागि सुदृढिकरण गर्न सकिन्छ । साझेदार वित्तिय बैँकहरुहरुलाई वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रकाे सहुलियत प्राप्त गर्नका लागि याेग्यता हासिल गर्नुका साथै वित्तिय एवं प्राविधिक हिसाबले उपयुक्त परियाेजना स्थलहरुबारे जानकारी प्रदान गरिन्छ । त्यसबाहेक यसले परियाेजनास्थल नजिकै रहेका उपयुक्त लघुवित्तिय संस्थाहरुलाई स्थानिय प्रतिनिधि संस्था बन्नका लागि सिफारिस समेत गर्दछ।

ग्रामीण समुदायहरुका लागि क्षमता अभिवृद्धि

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यक्रमहरुका साथसाथै साझेदार वित्तिय बैँकहरुबाट ऋण प्राप्त गर्ने ग्रामीण समुदायहरुलाई दीगाे वित्तिय तथा प्रशासनिक रुपमा लघु जलविद्युत अायाेजना सन्चालन गर्नका लागि सुदुढिकरण गर्ने गरिन्छ । सन्चालनसम्बन्धी प्रशिक्षणका साथसाथै विद्युत उर्जाकाे सिर्जनात्मक प्रयाेगकाे प्रवर्द्धनमा समेत जाेड दिइन्छ ।

लक्ष्यहरु

  • करिब १५०० किवा अतिरिक्त उत्पादन क्षमताकाे प्लाण्टकाे बीमासहित स्थापना गर्ने
  • १३२०० घरधुरीहरुलाई विद्युत उपलब्ध गराउने (करिब ७३००० व्यक्तिहरु)
  • ४५ सामाजिक पूर्वाधार संस्थाहरु एवं ५५ ग्रामीण व्यवसायहरुमा विद्युतकाे पहुँच पुर्याउने
  • साझेदार वित्तिय बैँकहरुमा उनीहरुले ग्रामीण क्षेत्रहरुमा रहेका लघु जलविद्युत परयाेजनाहरुकाे मुल्यांकन तथा वित्तिय सहायताका लागि साेकाे चयन गर्ने विषकाे ज्ञानकाे व्यवहारिक रुपमा पुष्टि भएकाे छ।
  • समुदायहरु एवं व्यक्तिगत उद्यमहरु विद्युत उर्जाकाे सिर्जनात्मक प्रयाेगकाे प्रवर्द्धनका सम्बन्धमा प्रशिक्षित भएका हुनेछन्।
  • वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र परियाेजनाका सर्जकहरु एवं राष्ट्रिय साथै लघु वित्तिय संस्थाहरुबीचकाे सहकार्यमा सुदृढिकरण।
  • ग्रामीण लघु जलविद्युतका क्षेत्रमा गरिने लगानी नाफामूलक एवं व्यापारिक दृष्टिकाेणबाट फाईदाजनक छ भन्ने कुरालाई प्रदर्शन।

प्रगति

लघु जलविद्युत ऋण काेषले नेपालकाे ग्रामीण जनसंख्याका लागि विद्युतिकरण गर्नका लागि ऋणमाथिकाे पहुँचमा सुधार ल्याई कहिल्यै पनि विद्युत प्राप्त गर्न नसक्नेहरुका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाे छ । हाल बैँकहरु नवीकरणीय उर्जाका परियाेजनाहरुका लागि ऋण प्रवाह गर्ने विषयमा अभ्यस्त भईसकेका छन् भने याे एउटा नाफामूफक व्यवसाय हुन सक्दछ भन्ने कुराकाे बाेध समेत गरिसकेका छन् ।

काेषले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले अन्य प्रकारका नवीकरणीय उर्जा प्रविधिहरुलाई प्रदान गर्नका लागि विकास गरेकाे CREF सुविधाका लागि समेत एक महत्वपूर्ण अनुभवका रुपमा सहायता पुर्याएकाे छ ।

सन् २०१९ सम्ममा ३० लघुजलविद्युत अायाेजनाहरुले ऋण प्राप्त गरिसकेका छन् भने त्यसबाट १२,४२३ घरधुरीहरु, १२० सामाजिक संरचनाहरु एवं २७३ MSME हरु १,३४५ कि.वा. जडानमार्फत विद्युत सेवामा पुहँच पुगि लाभान्वित भईसकेका छन् ।