Back to top

सामुदायिक ग्रामीण विद्युतिकरण घनत्व बृद्धि

जिआईजेड/ईनडेभ नेपालले घरधुरी, सामाजिक संस्था एवं सानादेखि मझौला उद्यमहरुका लागि अाधुनिक उर्जा सेवामा दीगाे पहुँचलाई प्रवर्द्धन गर्दछ । हाल NEA/CRED सँग विकसित साझेदारीकाे समग्र लक्ष्य ग्रामीण घरधुरीहरुलाई अाधुनिक विद्युत सेवामा दीगाे पहुँच पुर्याउने हाे । हाम्राे काम राष्ट्रिय ग्रीड विस्तारकाे कार्यबाट थालनी भई हाल देशभर ४९ वटा CREE हरुमा काेषकाे स्थापनासहित विस्तार भईसकेकाे छ जसमार्फत उनीहरुले अाफ्ना कार्यक्षेत्रहरुमा ग्रीड विस्तारका लागि पुँजी प्राप्त गर्न सक्दछन् । सन् २००८ देखि हालसम्म १६०००० भन्दा बढी मानिसहरु यस काेषमार्फत लाभान्वित भईसकेका छन् भने देशभरीका थुप्रै CREE हरुका लागि याे उपयाेगी र प्रभावकारी सिद्द भईसकेेकाे छ । यस सफलताका वाबजुद यस बर्ष CREE हरुले विद्युत लाईन जडान गर्नका लागि लाग्ने उच्च लगानीका कारण अझै पनि धेरै घरधुरीहरु यसमा अावद्द नभएकाे अनुभव गरेका छन्। तसर्थ, चालु बिद्युतिकरण घनत्व बृद्धि कार्यक्रमले ग्रीडमा बढीभन्दा बढी उपभाेक्ताहरुलाई प्रभावकारी रुपमा समाहित गर्न सक्ने तथा अा अाफ्ना क्षेत्रहरुमा विद्युतकाे उत्पानमूलक प्रयाेगलाई प्रवर्द्दन गर्ने CREE हरुलाई सहूलियतकाे विषयलाई व्यवस्थित गर्दछ।

कार्यक्रमका उद्देश्यहरु

CREE हरुका लागि बिद्युतिकरण घनत्व बृद्धि कार्यक्रमकाे उद्देश्य सुरुमा विद्युत जडान शुल्क बढी भएका कारण विद्युत ग्रीडमा पहुँच नभएका उपभाेक्ताहरुकाे पहिचान गरी तत्पश्चात समावेश गराउने CREE हरुलाई विद्युत जडानमा सहुलियत उपलब्ध गराउने हाे । यस्ताे सहुलियत पछि गएर नयाँ जडान भएका घरधुरी एवं साना उद्यमहरुमा लागू हुन सक्दछन्।

हाम्राे लक्ष्य

यस कार्यक्रमले समुदायिक ग्रामीण विद्युतिकरण कार्यक्रमहरु लागू भईरहेका ग्रामीण एवं साे अासपासका क्षेत्रहरुलाई लक्षित गर्दछ । यसअन्तर्गत पहिले नै विद्युतिकरण भईसकेका क्षेत्रहरु र त्यसमध्ये पनि नयाँ जडानहरुलाई मात्र समावेश गरिएकाे छ । यसका लागि नयाँ ग्रीड विस्तारका नयाँ जडानहरुले सहभागी हुन पाउँदैनन् ।

उत्पादनमूलक प्रयाेगका हकमा नयाँ जडानहरु अायअार्जनका लागि विद्युतअन्तर्गत नयाँ उद्यमहरु (MSMEs) मार्फत प्रदान गरिनेछ। CREE काे क्षेत्रभन्दा बाहिरका नयाँ जडानहरुलाई सहायता प्रदान गरिने छैन।