Back to top

सुधारिएको पानी घट्ट सहित ग्रामीण स्तरमा सामुदायिक विद्युतीकरण कार्यक्रम

ग्रामीण भेगहरुमा विद्युतिकरणका सकरात्मक प्रभावहरुकाे पर्खाइमा बस्नु सन्ताेषजनक विकल्प हुन सक्दैन । सामुदायिक विद्युतिकरणका लागि सुधारिएकाे पानीबाट चल्ने मील (पानीघट्टाे) काे प्रविधिका सम्बन्धमा हामीले यस अवधारणालाई ताेडी ग्रामीण लघुउद्यम तहमा सामुदायिक विद्युतिकरणलाई विद्युत उर्जाकाे सिर्जनात्मक प्रयाेगकाे अवधारणासँग समायाेजन गर्नु अावश्यक छ । ग्रामीण विद्युतिकरण कार्यक्रमहरुकाे रचना गर्दा प्रभावकारी एवं दीगाे प्रभाव पार्नका लागि उपयुक्त विधि भनेकाे त्यस्ता कार्यक्रमहरुले मानिसकाे जीवनयापन एवं अायअार्जनमा प्रत्यक्ष प्रभाव पार्नु हाे र त्यसमा थप, जीवनस्तरमा पारम्परिक प्रभाव छाेड्नु हाे । अायअार्जनमा वृद्धि गर्ने कार्यलाई सुधारिएकाे पानीबाट चल्ने मील (पानीघट्टाे) लाई सामुदायिक विद्युतिकरणकाे अवधारणालाई नाफामूलक व्यवसायका रुपमा परिणत गर्नुका साथै विद्यमान उत्पादन प्रकृयाकाे उत्पादकत्वमा सुधार ल्याई हासिल गर्न सकिन्छ भने राेजगारी एवं स्थानिय मागकाे सिर्जना गर्ने खालका नयाँ कार्यहरुकाे रचना गरेबाट पनि साे कुरा सम्भव छ ।

हालकाे सुधारिएकाे पानीबाट चल्ने मील (पानीघट्टाे) सामुदायिक विद्युतिकरणकाे नमूनाले यस समायाेजनलाई ग्रामीण उद्यम तहमा उर्जाकाे उत्पादनमूलक उपभाेगकाे प्रचलन एवं घरेलु विद्युतिकरणलाई व्यवसायिक महसुलकाे स्वरुपमा रुपान्तरणमार्फत सावित गर्ने प्रयास गरेकाे छ जसले तत्पश्चात यसले सामुदायिक विद्युतिकरणकाे सामान्यत रहेकाे बुझाईलाई नाफा अार्जन गर्ने उद्यमका रुपमा रुपान्तरण गर्न सक्छ वा सक्दैन भन्ने कुराकाे परीक्षण गरेकाे छ । यस संक्षिप्त नमूनाकाे नतिजा सकरात्मक रहेकाे थियाे । उक्त प्रतिवेदनले त्यस्ताे नमूनाबाट हासिल भएका विस्तृत प्रभावहरु एवं सिकाईहरु समावेश गरेकाे छ जसकाे सारांश यहाँ प्रस्तुत गरिएकाे छः

  • सामुदायिक विद्युतिकरण परियाेजनालाई प्रभावकारी बनाउन तथा यसलाई वृहत्तर रुपमा समुदायबाट अंगीकार गर्नका लागि घर एवं ग्रामीण लघु उद्यमहरुमा विद्युतकाे विविध प्रयाेग हुनु अति अावश्यक छ।
  • घर एवं उद्यमकाे तहमा विद्युतकाे विविध प्रयाेगलाई महशुल भुक्तानी प्रणालीकाे अवधारणाअनुरुप व्यवसायीकरण गरिनु अावश्यक छ । त्यसबाहेक लघु उद्यमहरु स्वचालित अायका लागि बजारसँग उपयुक्त रुपमा जाेडिनु पर्दछ । व्यवसायीकरणकाे प्रकृयाकाे मूख्य पक्ष भनेकाे अायका विविध स्राेतहरुकाे सिर्जना गर्नु हाे ।
  • ग्रामीण विद्युतिकरणले अाैधाेगिक विकासतर्फ लक्षित नगर्ने भएतापनि यसले ग्रामीण व्यवसायलाई थप बल पु्र्याउन सक्दछ भने घरकाे अायमा सकरात्मक प्रभाव पार्न सक्दछ । तथापी, यस्ता प्रभावहरु अाफै अाउदैन जबसम्म विद्युतकाे रचनात्मक प्रयाेगलाई प्रवर्द्धन गर्ने ठाेस कार्यक्रम हुदैँन । तसर्थ, विद्युतकाे रचनात्मक प्रयाेगलाई प्रवर्द्धन गर्ने परियाेजनाहरुले विद्यतिकरणका फाईदाहरुमा थप वृद्दि गर्दछ ।
  • एक सुदृढ एवं समुदायमा लक्षित महसुल प्रणाली सुधारिएकाे पानीबाट चल्ने मील (पानीघट्टाे) सामुदायिक विद्युतिकरणका हकमा निकै सहायक सिद्द भएकाे छ भने यस अवधारणा अन्य सामुदायिक विद्युतिकरणका अभ्यासहरुमा समेत उपयाेगी हुन सक्दछ ।
  • प्रशिक्षण, तथ्यांक व्यवस्थापन, अभिलेखिकरण एवं मर्मत तथा सम्भार निकै महत्वपूर्ण हुन्छ । सुधारिएकाे पानीबाट चल्ने मील (पानीघट्टाे) सामुदायिक विद्युतिकरणकाे पूर्ण रुपमा सन्चालनका लागि उक्त अवधारणाअन्तर्गत त्यस्ताे मापककाे रचना गरिएकाे छ ।
  • विद्युतकाे उत्पादनमूलक प्रयाेगबाट सुधारिएकाे व्यवसायिक प्रतिस्पर्धालाई जाेड दिनाले उत्तम अाय, सामाजिक सेवाहरुमा जाेड पुगि अन्ततः एकिकृत विकासकाे सम्भावनाकाे सिर्जना गर्दछ ।
  • विद्युतकाे उत्पादनमूलक प्रयाेग कार्यक्रमका सम्पूर्ण अन्य पक्षहरुका एकिकृत हुँदा पनि यदि बजारले बढ्दाे उत्पादन एवं सेवाहरुलाई समायाेजना गर्न सकेन भने पनि कार्यक्रम असफल हुन पुग्दछ । उदाहरणका लागिः यदि कुनै साना व्यवसाय विद्युतकाे उत्पादनमूलक प्रयाेग कार्यक्रमप्रति उत्साहित हुन्छ भने उसले अाफ्नाे उत्पादनमा दशाैँ गुणा वृद्धि गर्नुपर्दछ । तथापी यदि तीन गुणा बढी उत्पादन मात्र पनि बजारकाे मागभन्दा उच्च हुन गयाे भने नयाँ व्यवसाय निर्वाह गर्न सक्दैन । तसर्थ, ग्रामीण विद्युतिकरणका लागि सुधारिएकाे पानीबाट चल्ने मील (पानीघट्टाे) सामुदायिक विद्युतिकरण कार्यक्रमलाई बजार व्यवस्थासँग सम्बन्धित रहने गरी रचना गरिएकाे छ जसले बजारकाे माग र वास्तविक अापूर्तिमा सन्तुलनलाई निश्चित गर्दछ ।
  • ग्रामीण विद्युतिकरणका लागि सुधारिएकाे पानीबाट चल्ने मील (पानीघट्टाे) सामुदायिक विद्युतिकरण तथा लघु उद्यमहरुलकाे दीगाे बजार विकासका लागि त्यस्ता लघुउद्यमहरुलाई वित्तिय सेवामा पहुँच उपलब्ध गराई एवं उद्यमीहरुलाई समय समयमा उपयुक्त सीप विकास तालिमहरु दिन सकिन्छ ।
  • यस अवधारणाले ग्रामीण विद्युतिकरणका लागि सुधारिएकाे पानीबाट चल्ने मील (पानीघट्टाे) सामुदायिक विद्युतिकरणका क्षेत्रमा नीतिनिर्माता तथा विकास साझेदारहरुलाई सामुदायिक विद्युतिकरण एवं विद्युतकाे उत्पादनमूलक प्रयाेगकाे जटिलताका बारेमा बुझाइमा अभिवृद्धि गरी यसकाे प्रगति थप गति थप्ने अपेक्षा गरिएकाे छ।