Back to top

राष्ट्रिय विद्युत ग्रिड विस्तार काेष

नेपालमा ईनडेभ कार्यक्रम जर्मन विकाश सहयोग – जिआईजेडले ग्रीड तथा अफ ग्रीड प्रविधिमार्फत आधुनिक उर्जा सेवामा पहुँचलाई सहजीकरण गर्नका लागि सन् २००९ देखि लागू गरेको हो । ईनडेभ नेपालले नेपाल सरकारको सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमको ढांचा अनुरुप राष्ट्रिय ग्रीड विस्तार र सुदृढिकरण मार्फत ग्रामीण जनताको विद्युतसम्म पहुँचका लागि नेपाल विद्युत प्राधिकरणसँग कार्य गर्दछ।

ग्रीड विस्तार पक्षकाे औचित्य

नेपालमा बसाेबास गर्ने २ कराेड ६० लाख मानिसहरुमध्ये ७५ प्रतिशत मानिसहरु कुनै न कुनै प्रकारबाट विद्युतमा पहुँचबाट लाभान्वित छन् । तर राष्ट्रिय ग्रीडबाट विद्युतमा पहुँच पुगेकाकाे प्रतिशत ६७ मात्र रहेकाे छ भने बाँकी प्रतिशत साैर्यउर्जा वा लघुजल विद्युतमा निर्भर रहेका छन् । ग्रामीण भेगहरुमा याे झन कम रहेकाे छ, जहाँ ४३ प्रतिशत जनसंख्याकाे मात्र विद्युतमा पहुँच पुगेकाे छ । दुर्गम भूभाग र पूर्वाधारकाे अभावका कारण ग्रीड जडित विद्युतमा पहुँच नहुदा ठूलाे संख्याका मानिसहरु सीमित विद्युतिय ऊर्जा उत्पादन क्षमता अादिका कारणले गर्दा पर्याप्त विद्युत उपयोगबाट बन्चित भएका छन् । ग्रामीण विद्युतिकरण एक प्राथमिकता बन्याे र मागद्वारा निर्देशित अवधारणाअनुरुप ग्रामीण भेगहरुमा विद्युतमा पहुँचकाे विस्तारका लागि नेपाल सरकारले सामुदायिक ग्रामीण विद्युतिकरण कार्यक्रम अगाडी ल्यायाे जुन् सन् २००३ देखि कार्यान्वयनमा रहेकाे छ । यसले समुदायमा अाधारित संस्थाहरुलाई नेपाल विद्युत प्राधिकरणसँग एकमुष्ट विद्युत खरिद गरी अाफ्नाे क्षेत्रमा विक्रि गर्न तथा हाल विद्यमान वा नवनिर्मित वितरण प्राणालीकाे उपभाेग गर्नका लागि ढाेका खाेलिदिएकाे छ। नियमावलीले कुनै पनि प्रकारका सामुदायिक ग्रामीण विद्युतिकरण संस्था (CREE) जस्तै: कम्पनी, सहकारी, गैर सरकारी संस्था, उपभाेक्ता समितिलाई त्यस्ता संस्थामा समुदायकाे प्रतिनिधित्व भएकाे अवस्थामा नेपाल विद्युत प्राधिकरणअन्तरगतकाे सामुदायिक ग्रामीण विद्युतिकरण विभाग (CRED) सँग सम्झौता गर्ने अनुमति प्रदान गर्दछ । त्यसबाहेक सामुदायिक ग्रामीण विद्युतिकरण संस्था (CREE)हरुले ग्रीडसँग जाेडिनका लागि परियाेजनाकाे कुल लागतकाे १० % (पहिले २० %) का लागि याेगदान गर्नुपर्दछ भने बाँकी ९०% (पहिले ८० %) लागत नेपाल विद्युत प्राधिकरणमार्फत नेपाल सरकारले उपलब्ध गराउँदछ । विद्युतिकरणपश्चात सामुदायिक ग्रामीण विद्युतिकरण संस्था (CREE) हरु प्रशारण सन्जालकाे सन्चालन तथा व्यवस्थापन, गाउँलेहरुबाट महशुल संकलन तथा नेपाल विद्युत प्राधिकरणसँग एकमुष्टरुपमा खरिद गरिएकाे विद्युतकाे भुक्तानिका लागि जिम्मेवार हुन्छन् । तथापी, कैयाैँ सामुदायिक ग्रामीण विद्युतिकरण संस्था (CREE) हरुले उनीहरुकाे लगानी साझेदारी पेश गर्न नसकेका कारण तथा उक्त कार्यका लागि वित्तिय सुविधाप्रति पहुँच नभएका कारणबाट विद्युतिकरणमा ढिलाई भएकाे थियाे।

तसर्थ, १० % (पहिले २० %) काे सामुदायिक लगानीकाे व्यवस्था गर्न नसक्ने समुदायहरुलाई सक्षम बनाउनका लागि अावर्ती काेषकाे अावश्यकता महसुस गरिएकाे थियाे ।यस्ता रकम समुदायले नेपाल विद्युत प्राधिकरणलाई विस्तारै आवर्ती कोषमा भक्तानी गरेर भविष्यमा थप सामुदायिक ग्रामीण विद्युत संस्था ९ऋच्भ्भ्० हरुलाई सहायता गर्न यसको परिकल्पना गरिएको हो । त्यसैले आर्थिक सहायताकाे महसुस भयाे।

कार्यकाे विबरण : ग्रीड विस्तार

ईनडेभकाे सहायता समुदायहरुलाई पुँजीमा पहुँच गराई नेपाल विद्युत प्राधिकरणकाे सामुदायिक ग्रामीण विद्युतिकरण कार्यक्रम (CREA) अन्तरगत अाफ्नाे क्षेत्रमा ग्रीड बिस्तारका लागि अांशिक लगानी गर्न सक्षम बनाउने याेजना हाे । नेपाल विद्युत प्राधिकरण र ईनडेभ सँग संयुक्त रुपमा खडा गरिएकाे अावर्ती काेषमार्फत समुदायहरुले इक्विटि रकम आवरन गर्न ५ % कर्जा प्राप्त गरी ग्रीडमा जाेडिन पाउँदछन् । त्यस्ता समुदायहरुले सहकारी वा गैर सरकारी संस्था वा नीजि कम्पनीका रुपमा सामुदायिक ग्रामीण विद्युतिकरण संस्था (CREE) वा लघु उद्यमकाे स्थापना गर्दछन् जसले नेपाल विद्युत प्राधिकरणकाे सहायतामा ग्रीड विस्तारका लागि परियाेजनाकाे विकास गर्दछन् । यदि त्यस्ताे परियाेजना सम्भव भएमा उनीहरु सरकारी सहुलियत (९०%) तथा काेषबाट कर्जा (अावश्यकताअनुसार) बाट लाभान्वित हुन्छन्।

सामुदायिक ग्रामीण विद्युतिकरण संस्था (CREE) ले एकमु्ष्ट रुपमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद गर्दछ ग्राहकको प्रकारअनुसारको महसुलमा आधारित भई र अन्य उद्यमहरु जस्तै आफ्नै नियमद्वारा निर्देशित भई आफ्ना सदस्यहरुलाई विक्रि गर्दछ । सामुदायिक ग्रामीण विद्युतिकरण संस्थाहरु (CREE) द्वारा काेषमा ३% सेवा शुल्कसहित ऋण चुक्ता गरिन्छ । पछि नेपाल विद्युत प्राधिकरणले सहायताका लागि अावेदन गर्ने सामुदायिक ग्रामीण विद्युतिकरण संस्थाहरु (CREE) लाई विनियाेजन गर्याे । अार्थिक सहायताका अलावा ईनडेभ ले नेपाल विद्युत प्राधिकरणकाे सामुदायिक ग्रामीण विद्युतिकरण कार्यक्रम (CREA) लाई ऋण वितरण एवं संकलन र अनुगमन तथा मुल्यांकन गर्नका लागि प्राविधिक सहायता समेत उपलब्ध गराउँछ।

ग्रीड विस्तारका साथसाथै ईनडेभ नेपालले सामुदायिक ग्रामीण विद्युतिकरण संस्थाहरु (CREE) का सहायतार्थ लाइन विस्तार भइसकेका क्षेत्रहरुमा समेत जडान महशुल चर्काे भएका कारणबाट विद्युतमा पहुँच नभएकाहरुको पहिचान गरी विद्युत ग्रीड उपभाेक्तामा समाहित गराउने प्राेत्साहनसहित सामुदायिक ग्रामीण विद्युतिकरण संस्थाहरु (CREE) का सहायतार्थ ं ग्रीड सुदृढिकरण कार्यक्रम समेत लागू गरिरहेकाे छ । सामुदायिक ग्रामीण विद्युतिकरण संस्थाहरु (CREE) हरुले नयाँ ग्राहक बनाएपश्चात त्यसलाई नयाँ जडान भएकाे घरधुरी वा साना तथा लघु उद्यमका रुपमा परिणत गरिसकेपछि यस्ता सहुलियतमा दावी गर्ने गर्दछन्।

अर्काे थप पक्षका रुपमा ईनडेभले समुदायस्तरमा विद्युतकाे उत्पादनमूलक प्रयाेगका लागि समेत सहायता गर्ने गर्दछ । यसका लागि परियाेजनाले HELVETAS Swiss Inter-cooperation का साथै CREE हरुकाे स्थानिय छाता संगठन NACEUNसँग सहकार्य गर्दछ।

ग्रीड विस्तारअन्तरगतका भूमिका एवं जिम्मेवारी

काेष कार्यान्वयनकाे मूख्य साझेदार एवं सुपरिवेक्षकका रुपमा नेपाल विद्युत प्राधिकरणले हाल सामुदायिक ग्रामीण विद्युतिकरण कार्यक्रमकाे नेतृत्व गरिरहेकाे छ।

ईनडेभले अावर्ती काेषकाे संचालनका लागि नेपाल विद्यत प्राधिकरणलाई प्राविधिक सहयता दिन्छ जसले ऋण आवंटन र संग्रह तंत्र को विकास एवं ऋच्भ्भ् र ल्ब्ऋभ्ग्ल् को क्षमता निर्माण गतिविधिहरुलाई आवर्ती कोषमा परिचालन गर्दछ । CREE हरूलाई प्राविधिक प्रशिक्षण र प्रशासक(वित्तीय प्रशिक्षण, संगठनात्मक व्यवस्थापन प्रशिक्षणहरू प्रदान गरिएको छ जसले समुदाय भित्र विद्युतीय वितरणलाई स्वतन्त्र ग्रामीण उपयोगको रूपमा सञ्चालन गर्न प्रबन्ध गर्दछ।यससम्बन्धमा अावश्यक दिशानिर्देशहरु एवं नियमावलीहरुकाे विकास गरिएकाे छ।

अपेक्षित परिणाम

अपेक्षित परिणाम

  • २०८९६८ व्यक्तिलाई भएका विद्युतिय उपकरणहरुमा विद्युतकाे पहुँच पुर्याउने ।
  • ५४५ सामाजिक पूर्वाधार संस्थाहरुमा विद्युतकाे पहुँच पुर्याउने ।
  • २७३७ MSME हरुमा विद्युतकाे पहुँच पुर्याउने ।
  • विद्युतकाे उत्पादनमूलक प्रयाेगलाई प्रवर्द्धन गर्नका लागि समुदाय एवं उद्यमीहरु प्रशिक्षित गरिने ।
  • अावर्ती काेषकाे माध्यमबाट सुरूमा हुने लगानीका लागि अार्थिक सहायता
  • CREE काे क्षमता निर्माण तथा NACEUN काे संस्थागत विकास

प्रगति

सन् २०१९ सम्म ६० वटा CREE हरुले रृण प्राप्त गरेका छन्, ५४ वटा ग्रीडमा जोडिएर ५०,७६१ घरधुरीहरुलाई विद्युत प्रदान गरेका छन्, ८६१ सामाजिक संस्था एवं ४,२८७ MSME हरुलाई विद्युत सेवा दिइरहेका छन् । काेष चालु रहेकाे छ जसमा ७ CREE ले ग्रीड विस्तारका लागि र ३ वटाले प्रणालीकाे स्तराेन्नती अर्थात उच्च क्षमताकाे ट्रान्सफर्मर, three phase extensions अादिका लागि रृण प्राप्त गरेका छन् जसले गर्दा नयाँ ग्राहकहरुलाई नयाँ जडान गरिदिनका साथै SME तथा SI लाई बढी विद्युत खपत गर्नका लागि टेवा पुग्दछ।