Back to top

सुधारिएकाे चुलोकाे दीगाे बजार स्थापना गर्नका लागि परिणाममुखी लगानी

प्राक्टिकल एक्शनले जिआईजेड ईनडेभकाे अार्थिक सहायतामा नेपालका ३०००० घरधुरीहरुलाई सफा, उपयाेगी एवं सुरक्षित चुलो उपलब्ध गराउनका लागि हूड चुलोकाे दीगाे बजार स्थापना गर्नका लागि परिणाममा अाधारित दीगाे हूड चुल्हाे बजारका लागि वित्तिय कार्यक्रम कार्यक्रम लागू गरिरहेकाे छ । परियाेजनाले स्माेक हुड (Smoke Hood) र सुधारिएकाे बायाेमास स्टाेभलाई जैविक उर्जाकाे अप्रभावकारी प्रयाेग एवं उच्च हानीकारक उत्सर्जनकाे विषयहरुलाई निराकरण गर्नका लागि एक पूर्ण याेजनाका रुपमा अघि सारेकाे छ।

याे परियाेजना सन् २०१४ अक्टाेबर महिनादेखि लागू भएकाे छ । सन् २०१५ काे महाभूकम्पलगत्तै परियाेजनाकाे पहिलाे समन्वय गरिएकाे थियाे । याे परियाेजनाकाे पाँचाैँ अर्धवार्षिक प्रगति प्रतिवेदन हाे जसले सन् २०१६ जुलाईदेखि सन् २०१६ डिसेम्बरकाे अवधिसम्म परियाेजनाअन्तरगत भएका गतिविधिहरुलाई अध्यावधिक गरिएकाे छ।

परियाेजनाका उद्देश्यहरु

परियाेजनाकाे समग्र उद्देश्य नेपालका ग्रामीण घरधुरीहरुलाई सफा, उपयाेगी एवं सुरक्षित चुलो उपलब्ध गराउनका लागि दीगाे बजारकाे स्थापना गर्ने हाे । परियाेजनाका निश्चित उद्देश्यहरु यसप्रकार छन्ः

  • नीजि क्षेत्रद्वारा सन्चालित सफा खाना पकाउने चुल्हाेकाे बजारीकरणकाे अवधारणालाई सुदृढ गराउने ।
  • खाना पकाउने चुल्हाेकाे बजार व्यवस्थालाई सुदृढिकरण गर्ने, र
  • ग्रामीण नेपालमा स्वासप्रश्वाससम्बन्धी समस्याहरुलाई न्यूनीकरण गर्ने

परियाेजनाका सिकाईसम्बन्धी उद्देश्यहरु यसप्रकार छनः

  • विपन्न उपभाेक्ताहरुलाई उनीहरुकाे न्यून अार्थिक स्तरका बावजुद उत्पादनहरु खरिद गरी लाभान्वित हुनका लागि सहुलियतहरुकाे व्यवस्था गर्ने
  • केही प्रकारका सफा खाना पकाउने चुलोमा उल्लेखनिय सहुलियतकाे व्यवस्था गर्ने हालकाे अवधारणाकाे विकल्पका रुपमा सहकारी संस्थाहरुमार्फत प्राथमिकतामा अाधारित ऋणमार्फत सफा खाना पकाउने चुल्हाेका लागि माैलिक वित्तिय व्यवस्था गर्ने ।

परियाेजनाका लक्ष्यहरु

परियाेजनाले निम्नलिखित लक्ष्यहरु हासिल गर्ने उद्देश्य लिएकाे छः

  • १० वटा हूड चुल्हाे वा सफा खाना पकाउने चुलो उत्पादन गर्ने अाधिकारिक कम्पनी वा व्यवसाय गर्ने कम्पनीहरु तथा २०० कारिगर एवं विक्रेताहरुकाे प्राविधिक एवं व्यवसायिक सीपकाे विकास एवं सुदृढीकरण गर्ने।
  • करिब १५० ग्रामीण भेगका सहकारी संस्थाहरुलाई खाना पकाउने चुलो प्रविधिहरुका लागि उनीहरुकाे नयाँ ऋण प्रकृयाकाे स्थापना गर्नका लागि प्राविधिक सहायता उपलब्ध गराउने।
  • कम्तीमा १०,००० घरधुरीहरुमा हूड चुलो तथा २१,२०० घरधुरीहरुमा सफा खाना पकाउने चुलोकाे स्थापना गर्ने ।